सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा साउन ३१ गतेदेखि कोभिशिल्डको दोस्रो मात्रा लगाइने

फाइल फोटो
फाइल फोटो
२०७८ साउन २९, ११:२९ खबर संवाददाता

धनगढी: बैतडीमा साउन ३१ गतेदेखि कोभिशिल्डको दोस्रो मात्रा लगाइने भएको छ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्लाका १६ हजार १९६ नागरिकले कोभिशिल्डको पहिलो मात्रा लगाएका थिए। उनीहरुलाई साउन ३१ गतेदेखि कोभिशिल्डको दोस्रो मात्रा लगाइने भएको हो। दशरथचन्द, पाटन, मेलौली नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकामा साउन ३१ र ३२ गते खोप लगाइन बताइएको छ।

त्यसैगरी डिलाशैनी गाउँपालिकामा साउन ३२ र भदौ १ गते, पञ्चेश्वर, सिगास, सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकामा भदौ १ र २ गते खोप लगाइने बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस