सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मलाका बुवामा मानसिक समस्या

२०७५ मंसिर ७, ०४:१७ जनक विष्ट

बलात्कार पछि हत्या गरिएकी छोरीका लागि  न्याय माग्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडी धर्नामा बसेका निर्मला पन्तका बुबा यज्ञराज पन्तमा मानसिक समस्या देखिएको छ। झण्डै दुई हप्तादेखी जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नामा बसेका यज्ञराजमा मानसिक समस्या देखिएपछि चिकित्सकले उपचारका लागि अन्यत्र लैजान परिवारलाई सुझाव दिएका छन्।

केही दिन यता यज्ञराजमा एक्कासी रुने, हास्ने, वर्वराउने, गाली गलौज गर्ने, सडकमा डुल्ने, ढुङ्गामुढा गर्ने समस्या देखिएको उपचारमा संलग्न महाकाली अञ्चल अस्पतालका डाक्टर सुदिप खरेलले बताए। महाकाली अञ्चल अस्पतालमा मानसिक रोग सम्बन्धीका चिकित्सक उपलब्ध नभएकाले आफूले पन्तलाई उपचारका लागि अन्यत्र लैजान सुझाव दिएको खरेलले बताए।

                                               फोटो : पुष्कर भट्ट, कञ्चनपुर 

चिकित्सकको सल्लाह पछि यज्ञराजलाई उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टले बताए। नि.प्रमुख जिल्ला अधिकारीले विष्टले पन्तका परिवारले आपसी सर–सल्लाह गरेपछि उनलाई उपचारका लागि लैजाने जानकारी दिए। भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया किशोरी निर्मला पन्तको गत साउन ११ गते बलात्कार पछि हत्या गरेको अवस्थामा उखुबारीमा भेटिएकी थिईन्।

घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा तत्कालीन एसपी डिल्लीराज विष्ट र पहरी नीरिक्षक जगदीश भट्टलाई जागिरबाट हटाइएको छ। तर, घटनामा संलग्न व्यक्तिको अझै पहिचान हुन सकेको छैन्। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस