सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप ३२ सय कोभिड संक्रमित थपिए, ३२ जनाको मृत्यु

२०७८ साउन २८, ०५:४६ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा मुलुकमा ३२६० जना कोभिड संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ४६२ नमुना (१० हजार ८०६ पीसीआर र ४७५६ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्।

बिहीबार थप ३२ जनाको मृत्यु भएको छ। २२९४ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार १८० पुगेको छ। काठमाडौं उपत्यकामा आज ११३३ जना संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा ८११, ललितपुरमा १९२ र भक्तपुरमा १३० जना संक्रमित थपिएका छन्।

कूल मृत्यु संख्या १० हजार २१२ पुगेको छ। कूल संक्रमित संख्या ७ लाख २५ हजार (पीसीआर) र ७२ हजार (एन्टीजेन) पुगेको छ। कूल निको हुने संख्या ६ लाख ७७ हजार पुगेको छ।

कमेन्ट लोड गर्नुस