सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति छानविन सांसद आशाको माग

२०७८ साउन २८, ०१:५८ खबर संवाददाता

काठमाडौंः सांसद आशाकुमारी विकले स्थानीय जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गरेकी छिन्। बिहिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विकले स्थानीय तहका जनप्रतिनिधिको आर्थिक स्तर ठूलो मात्रामा बढेको गुनासो आएको बताउँदै जनस्तरमा नेता र जनप्रतिनिधीको उपनाम नै भष्टाचारी भएको उल्लेख गरिन् । 

परमादेशबाट आएको सरकारले सुरुवाती काम राम्रो नगरेपनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै उनले भनिन्– ‘हनिमुन अवधिमै स्थानीय जनप्रतिनिधि, प्रदेशका जनप्रतिनिधि र संघका जनप्रतिनिधीको सम्पत्तिको देउवा सरकारले छानविन गरोस भन्ने माग गर्दछु ।’

कमेन्ट लोड गर्नुस