वर्ष दिनपछि एकजनामा देखियो कोरोना, राजधानीमा लकडाउन
काठमाडौंः अस्ट्रेलियाको राजधानी क्यान्बेरामा एक सातासम्म लकडाउन हुने भएको छ। वर्ष दिनभन्दा लामो समयपछि एकजना संक्रमित भेटिएसँगै स्थानीय समयअनुसार साँझ ५ बजेबाट लकडाउन गर्न लागिएको हो।
संक्रमितमा कसरी कोरोना भेटियो भन्ने विषयमा अधिकारीहरु स्पष्ट हुन नसकेका कारण शहरको पुरै इलाकामा लकडाउन गरिएको हो। लकडाउन अवधिमा मानिसहरु अत्यावश्यक कारणबाहेक घरबाहिर निस्कन पाउने छैनन्। लकडाउन हुने तय भएसँगै सुपर मार्केटहरुमा किनमेल गर्ने मानिसको भीड बढेको छ।
अष्ट्रेलियामा पछिल्लो समय अति संक्रामक डेल्टा भेरियन्ट फैलनसक्ने त्रास छ। यहाँका दुईवटा शहर सिड्नी र मेलवर्नमा यो भेरिएन्ट फैलिसकेको छ, यी शहरहरु कडा लकडाउनमा छन्।