कोरोनाका ३४ सय बढी संक्रमित थपिए, ३० जनाको मृत्यु
काठमाडौं : देशभर पछिल्लो समय तीन हजार चार सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ६ सय ५६ जनामा कोरोना परीक्षण भएको थियो। जसमध्ये तीन हजार चार सय ८१ जनामा संक्रमण पुष्टी भएको हो।
यस अवधिमा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार एक सय ८० पुगेको छ। त्यस्तै थप १८ सय ८५ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ।