बैतडीमा ८४ करोड रुपैयाँ बजेट फ्रिज
बैतडीः बैतडीमा गत आर्थिक वर्षमा ८४ करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ। प्रदेश सरकार र संघीय सरकार मातहतका कार्यालयहरूको बजेट फ्रिज भएको हो।
प्रदेश सरकार मातहतका कार्यालय र संघीय सरकार मातहतका कार्यालयको ४४ करोड ८३ लाख २ हजार १६३ रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिए।
प्रदेश सरकार मातहतका कार्यालहरूको कुल बजेट ३ अर्ब ३० करोड २४ लाख ७६ हजार ८४० मध्ये २ अर्ब ८९ करोड ६२ लाख ३५ हजार ८५१ रुपैयाँ खर्च भएको छ। जसमध्ये ४० करोड ६२ लाख ४० हजार ९८९ रुपैयाँ फ्रिज गएको हो।
यसरी हेर्दा कुल बजेटको १२।३ प्रतिशत बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। यस्तै, संघीय सरकार मातहतका कार्यालयको ६।८५ प्रतिशत बजेट फ्रिज भएको छ। बैतडीमा संघीय सरकार मातहतका कार्यालयको कुल बजेट ६ अर्ब ५३ करोड ६९ लाख २३ हजार ३६८ मध्ये ६ अर्ब ८ करोड ८६ लाख २१ हजार २०५ रुपैयाँ खर्च भएको छ।
संघीय सरकार मातहतका कार्यालयको ४४ करोड ८३ लाख २ हजार १६३ रुपैयाँ फ्रिज गएको छ।