कुनै बेला कोसेली लैजाने सुन्तला सुकेर सखाप
कुनै बेला अछामबासीले इष्टमित्र तथा आफन्तजन भेट्न जादा कोसेलीको रुपमा सुन्तला लैजान्थे। त्यो समयमा अछाममा उत्पादन भएका सुन्तला जिल्ला बाहिर निर्यात समेत हुने गरेका थिए। २०५८साल अघिसम्म अछामका सुन्तला हवाईजहाज मार्फत नेपालगंज हुदै काठमाण्डौसम्म पु¥याइन्थ्यो। तर अहिले समय ठिक उल्टो भएको छ। अछाम भित्रिनेहरुले कोसेलीका रुपमा सुन्तला ल्याउदा यहाँका मानिसले बाहिर जादा लैजाने क्रम घटेको छ। जिल्लाका लेकाली भेगतीर सन्तुला फले पनी अन्य स्थानमा सन्तोशन उत्पादन हुने गरेको छैन् भने भएको वोट समेत सुक्दै गएका छन्। २०५६/५७ सालतिर मंगलसेनको खुलामञ्च अगाडीको मैदानमा दैनिक सयौंको संख्यामा कृषकहरु डोकोमा सुन्तला राखेर बेच्ने गरेको दृष्य पहिलो पटक अछाम भित्रने जोकोहीका लागि चाँसो र उत्सुकताको बिषय हुन्थ्यो तर अहिले उक्त स्थानमा सो दृष्य देख्न सकिदैन्। जिल्लाका मंगलसेन नगरपालिको वडा नं ५ कुडबस्ती, भाटवाडा, वडा नं ३ को लाछिमना, बिसाकोट, बिरलतोली, वडा नं २ को मिस्तुर र वडा नं ४ को कुस्नाव लगायतका क्षेत्रमा प्रशस्त सुन्तला फल्थे ।
त्यस्तै जिल्लाको तुर्माखाँद र मार्कुमा पनी राम्रै सुन्तला फल्ने बुढापाखाहरु बताउछन्। तर अहिले तुर्माखाँद र मार्कुमा केही मात्रामा सुन्तला फले पनी अन्य क्षेत्रमा सुन्तलाका वोटहरु सुकिसकेका छन्। केही वर्ष अगाडी सुन्तला बिक्रिबाटै एक सिजनमा ३ लाख सम्म आम्दानी गर्ने मंगलसेन नगरपालिका वडा नं ५ का भगवती जैसी अहिले आफूलाई खानलाई पनि सुन्तला उत्पादन नहुने गरेको बताउछिन्। उतिबेला बारीमा ३५ वोट फल्ने सन्तुला रहेको उनी स्मरण गर्छिन्। ०६३ सालदेखी सुन्तलाका वोट टुप्पोबाट सुक्ने क्रम सुरु भएपछि बारी नै सखाप भएको जैशीले बताईन्।
२०६७ सालमा दुईतिन पटक माटो परिक्षणका लागी जिल्ला कृषि विकास कार्यालयमा पु¥याइएपनी हाल सम्म माटोको अवस्था के छ भन्ने रिर्पोट प्राप्त भएको छैन्। पहिले आफूले उत्पादन गरेका सुन्तला ससदरमुकाम मंगलसेन, वयलपाट, हुदै साँफेबगर सम्म भरिया लगाएर बिक्रिका लागी लैजाने मंगलसेन नगरपालिका वडा नं २ का वडा अध्यक्ष मान बहादुर बोगटीको बारीका वोट पनि सुकेर गएपछि अहिले सुन्तला फलाउन सकिएको छैन्। त्यती बेला साँफेबगरबाट हवाईजहाज मार्फत अन्य जिल्लामा पनि सुन्तला पठाउने गरेको सम्झना बोगटीसँग छ। सुन्तलाका वोट सुकेपछि नयाँ विउ रोप्दा समेत सुकेर गएको बोगटीले बताए। जलवायु परिवर्तन, माटोको चिस्यान कम हुनु, प्रतिकुलन वातावरण र वर्षा नहुदा सुन्तलाको विरुवा सुक्दै गएको कृषि ज्ञान केन्द्र अछामका प्रमुख बिष्णुहरी देवकोटाले बताए।