सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली र देउवाका कारण देश नै अलमलमा : थापा

२०७५ मंसिर ६, ११:३६ जनक विष्ट

दुई तिहाई बहुमतको सरकारले जनभावना अनुसार काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेपिरहेका बेला नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री अलमलमा परेका कारण निराशा बढ्दै गएको बताएका छन्। सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली अलमलमा परेकै कारण जनअपेक्षा अनुसार काम नभएको थापाले बताएका हुन् ।

प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले जनअपेक्षा अनुसार काम नहुनुमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि दोषी रहेको तर्क गरे । प्रधानमन्त्री केपी ओलीको नियतमाथि आफूले शंका नगरेको बताएका थापाले तर अलमलीएर बरालिएको महसुस भएको बताए। देशको विकास गर्ने चाहाना ओलीमा भएको तर मेसो नपाउदा छटपटाईरहेको टिप्पणी उनले गरे। प्रतिपक्षी दलको नेतृत्व पनि प्रधानमन्त्री जस्तै बरालिएको थापाले बताए। 

पार्टी सभापति शेरवहादुर देउवाको नाम उल्लेख नगरेका थापाले प्रधानमन्त्रीको नेतृत्वमा सिङ्गो सरकारको प्रभावकारिता रहेजस्तै प्रतिपक्षीको हकमा पनि प्रभावकारिताको भुमिका नेतृत्वमा रहने उल्लेख गरे । यसै कारण प्रदेश र संघिय सरकारमा सशक्त प्रतिपक्षीको भुमिका खेल्न नसकेको थापाको मत थियो। तर अब त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले औल्याए। फरक प्रसङ्गमा थापाले पार्टीभित्रको वेथितिलाई अब वस्ने महासमिति बैठकले अन्त्य गर्ने विश्वास व्यक्त गरे।    
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस