सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप ३ हजार ६ सय ५१ मा संक्रमण, २२ जनाको मृत्यु

२०७८ साउन २५, ०६:०२ खबर संवाददाता

काठमाडौंः देशभर ३६ सय बढी कोरोना संक्रमित थपिएका छन्। १६ हजार ५ सय ९४ जनामा परीक्षण गर्दा ३ हजार ६ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ६ सय ९ र ६ हजार १ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो। 

यो अवधिमा १ हजार ७ सय ८४ जना संक्रमणमुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ३६ हजार २ सय ८८ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस