उपभोक्ता समिति गठन गर्दा जनप्रतिनिधिको विभेद
सूचना समेत जनतामा प्रवाह नगरेको गुनासो
विकास बजेटको एक करोड रकम सम्मका योजनाहरु उपभोक्ता समितिबाट निर्माण गर्न पाउने अधिकार स्थानीय तहलाई भएपछि गठन गर्दा जनप्रतिनिधिका निकटका व्यक्तिकै हालीमुहाली भएको हो। अधिकारको दुरुपयोग गर्दै जनप्रतिनिधिले आफुनिकटका ब्याक्तीलाई समितिमा राख्ने र भष्ट्रचार गर्न सिकाई गरेका छन्। विकास निर्माणमा सबैको चाँसो र चिन्ता हुनु पर्ने भएपनि उपभोक्ता समिति भने जनप्रतिनिधिले चाहेका व्याक्ती मात्र हुने गरेका छन। धनगढीका लक्ष्मी चौधरीले उपभोक्ता समितिले तट्बन्धन गर्दा रकम नदिएको बताईन। उनले यो आर्थिक बर्षको उपभोक्ती प्रादसी बनाउन आग्रह गरीन। धनगढी फुलबारीका जयन्ती रोकायाले उपभोक्ता समितिमा बसेर विकास निर्माणका काममा सहभागीता जनाउने क्षमता रहेको बताइन। उनले वडा अध्यक्षले समेत विकास निर्माणमा अनुगमन नगरेको बताईन।
गाँउमा विकास निर्माणका लागि उपभोक्ता समिति गठन गर्दा पुर्व सूचना प्रकाशन गर्नु पर्ने हुन्छ। तर त्यो भएको छैन। धेरै क्षेत्रमा सूचना समेत प्रकाशन नगरी विकास निर्माणका लागि उपभोक्ता समितिहरु गठन भईरहेका छन। जनप्रतिनिधिहरुले आफुनिकट ब्याक्तीहरुलाई उपभोक्ता समितिमा नराखे भ्रष्ट्रचार गर्न नपाईने भएकाले समेत निकटका व्यक्ती र नातागोतालाई मात्र उपभोक्ता समितिमा समेट्ने गरेका आरोप लागेको छ। धनगढी उप–महानगरपालिका १४ का हर्कबहादुर घिमिरले समिति गठन भएको बिषयमा जानकारी समेत नभएको बताए। वडा नम्बर १८ का लक्ष्मी देवकोटाले वडा कार्यालयले उपभोक्ता समिति गठन गर्दा सूचना समेत प्रभाह नभएको बताए। सूचनाको अधिकार बाट बञ्चित भएको उनले बताए। फुलबारी क्षेत्रका जनता सूचनाको हक बाट बञ्चित छन, के कती कारण हो ? उनले प्रश्न गरे।
सडक ग्राईभेल, कल्भड निर्माण, नदी कटान तड्बन्धन, मन्दिर निर्माण, विद्यालयका भवन निर्माण, खाने पानी तथा कुलो निर्माण जस्ता काम उपभोक्ता समितिबाट हुने गरेका छन। उपभोक्ता समितिहरुले काम नै नगरी भुक्तानी लिने, काम अलपत्र पार्ने, कमिसनमा कमसल गुणस्तरको सामग्री प्रयोग गर्ने, समितिका अन्य पदाधिकारी तथा कामदारको किर्ते तथा नक्कली हस्ताक्षर गरी रकम लिने जस्ता अनियमितता उपभोक्ता समितिहरुमा बढ्दै गइरहेको छ। तर गाँउका जनतामा आर्थिक चेतना कम हुने भएकाले जनप्रतिनिधिले उपभोक्ता समितिलाई कागजी रुपमा भष्ट्रचार सिकाएर पठाउने गरेका छन। अहिले धमाधम उपभोक्ता समिति गठन भईरहेका छन्। राजनीतिक दलका नेताहरुको संरक्षण, सम्बर्द्धन र दलीय पहुँचका आधारमा गठन हुने उपभोक्ता समितिको गतिविधि अपारदर्शी हुने गरेको पाइएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रामबजारी चौधरीले विकास निर्माणका लागि उपभोक्ता समिति गठन गर्दा सूचना प्रभाह गरेको जिकिर गरे। उनले वडा नम्बर १४ को विकास निर्माणमा जनताको सहभागीता रहेको बताए।
स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४ मा उपभोक्ता समितिमा राजनीतिक दलका पदाधिकारी बस्न नपाइने व्यवस्था भएपनि उपभोक्ता समितिमा दलका नेता कार्यकर्ताहरुकै हालीमुहाली हुने गरेको छ। स्थानीय तहका जनप्रतिनिधिले विकास निर्माणका लागि उपभोक्ता समिति गठन गर्दा विभेद गरेको आरोप लागेको छ। उपभोक्ता समितिहरु भष्ट्रचार गर्न सिकाउने पाठशालाका रुपमा विकास भईरहेका बेला जनप्रतिनिधिले आर्थिकलेन देनमा सहज हुने भन्दै पाटी निकटका व्याक्तीलाई मात्र उपभोक्ता समितिमा राख्ने गरेको गुनासो आएको छ। चालु आर्थिक बर्षको योजना कार्यन्वयन गर्नका लागि उपभोक्ता समिति धमाधम गठन भईरहेपनि जनतालाई सूचना समेत नदिएको गुनासो छ।