सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जैरु समाज गठन

२०७८ साउन २३, ०६:४१ खबर संवाददाता

डडेल्धुरा: नेपाल एकिकरणका बेला बडाकाजी अमरसिंह थापाले डोटेली राज्यको डडेल्धुरालाई आधारक्षेत्र बनाई कुमाउ गडवालसम्म युद्ध लडेको इतिहास छ। युद्ध लड्दा सैन्यबलसँग जोडिएर डडेल्धुरा पुगेका अहिलेका रैथाने जैरु परिवारले डडेल्धुरामा पहिलो पटक जैरु समाज गठन गरेका छन्। 

हाल जैरु समुदाय डडेल्धुराबाट पलायन भएर सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्दै आएकोमा एकअर्कासँग परिचय तथा समन्वय समेत हुननसकेको अवस्था रहेकाले समिति गठन गरिएको समाजसेवी भरत नेपाली जैरुले बताए। 

गठित समितिको अध्यक्षमा राजेन्द्र जैरु चयन भएका छन्। यस्तै सदस्यमा प्रबिन जैरु, संन्जय जैरु, करन जैरु, पारस जैरु, सुधिर जैरु र सुदिप जैरु चयन भएका छन्।

कमेन्ट लोड गर्नुस