सुदूर नेपाललाई विश्वसँग जोड्दै

२४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

२०७८ साउन २३, ०६:०० खबर संवाददाता

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५७३ जनामा गरिएको परीक्षणमा ३२१८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घण्टामा १७ सय २२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने  संक्रमणबाट १९ जनाको मृत्यु भएको छ। त्यस्तै सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३२ रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ। 


 

कमेन्ट लोड गर्नुस