सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको सरानी गाउँका २३ परिवारलाई विद्यालयमा सारियो

२०७८ साउन २३, ०५:२४ खबर संवाददाता

एकेन्द्र खत्री, अछाम: लगातारको वर्षाका कारण अछामको मेल्लेख गाउँपालिका–५ बिन्धेबासिनीको सरानी गाउँ पहिरोको जोखिममा परेको छ। गाउँको तल र माथिबाट पहिरो खसेपछि गाउँमा बसोबास गर्नेहरू त्रसित बनेका थिए। पहिरोले पुरै बस्ती नै भाँसिएपछि २३ परिवारलाई भट्टेडाडा आधारभूत विद्यालयमा सारिएको वडा अध्यक्ष रमेशबहादुर खड्काले जानकारी दिए। 

१ सय ७ घरपरिवारको बसोबास रहेको सरानीमा ५३ घर उच्च जोखिममा परेको स्थानीयले बताएका छन्। गाउँको तल र माथिबाट अहिले पनि लेदोसहितको माटो बगिरहेको बताइएको छ। 

पहिरो पीडितको व्यवस्थापन गर्न शस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधि लागिरहेका छन्। यस्तै प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समिति अध्यक्ष रुद्रबहादुर मल्लले भालि आइतबार सरानीमा स्थलगत अनुगमन गर्ने बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस