सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा १७ हजार २९९ जनाले लगाए भेरोसेल खोपको पहिलो डोज

२०७८ साउन २३, ०१:५१ खबर संवाददाता

बैतडीः बैतडीमा १७ हजार २९९ जनाले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका छन्। साउन १७ देखि २१ गतेसम्म सञ्चालन भएको खोप अभियानमा उनीहरुले खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

१८ हजार डोज भेरोसेल खोप प्राप्त भएकोमा १७ हजार २९९ जनाले उक्त खोप लगाएका हुन्। खोप लगाउनेमध्ये सबैभन्दा बढी पुर्चौडी नगरपालिकाका छन्। त्यहाँ ३ हजार १५०, दशरथचन्द नगरपालिकामा २ हजार ३९४, पाटन नगरपालिकामा २ हजार ३१८, दोगडाकेदार गाउँपालिकामा १ हजार ७८६ र डिलाशैनी गाउँपालिकामा १ हजार ६६४ जनाले खोप लगाएका छन्।

यस्तै‚ सिगास गाउँपालिकामा १ हजार ५३४, मेलौली नगरपालिकामा १ हजार ३६४ र सुर्नया गाउँपालिकामा १ हजार २६१ जनाले खोप लगाएको कार्यालय प्रमुख भट्टले जनाकारी दिए। 

कमेन्ट लोड गर्नुस