बैतडीमा जोन्सन एण्ड जोन्सन खोप लगाइँदै
धनगढी: बैतडीमा आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइँदै छ।
जिल्लाभर कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप दुई दिन (आज र भोली) लगाइँदै छ। प्रत्येक वडामा तोकिएका खोप केन्द्रमार्फत ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, अशक्त र अपांगता भएका नागरिलाईसमेत सो खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
जिल्लामा जोन्सन एण्ड जोन्सन खोपको ११ हजार ५ सय डोज प्राप्त भएको बताइएको छ।