सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिँदै, दैनिक २ सय सिलिण्डर भर्ने क्षमता

२०७८ साउन २३, ०८:४८ खबर संवाददाता

धनगढी: डडेल्धुरा अस्पतालमा दैनिक दुई सय सिलिण्डर भर्ने क्षमताको अक्सिजन प्लान्ट जडान कार्य भइरहेको छ।

प्लान्ट जडान कार्य तीव्र गतिमा भइरहेको बताइएको छ। साउन महिनाभित्र मेसिन जडानको सम्पूर्ण काम सकेर भदौ महिनाबाट अक्सिजन उत्पादन गरिने निर्माण कम्पनीले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको यो एक मात्र अस्पताल हो।

अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाका अनुसार सरकारले अक्सिजन प्लान्ट जडानका लागि ४ करोड रकम उपलब्ध गराएको थियो। त्यस्तै अस्पतालमा आइसियु, भेन्टिलेटर र अक्सिजन ट्यांक निर्माणका लागि ६ करोड ८० लाख, एचडियु स्थापनाका लागि ३ करोड १२ लाख ७० हजार रकम उपलब्ध गराएको जनाइएको छ। डडेल्धुरा अस्पतालको पुरानो अक्सिजन प्लान्ट दैनिक २७ सिलिण्डर भर्ने क्षमताको रहेको छ। 

कमेन्ट लोड गर्नुस