सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी चोरी प्रकरण : व्यापारीसहित ५ जना धरौटीमा छुटे, २ जना कारागार चलान

२०७८ साउन २२, ०९:५१ खबर संवाददाता

धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी प्रकरणमा दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीका न्यायधिश तीलकबहादुर कार्कीको एकल इजलासले चोरीमा संग्लन भनिएका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। 

मन्दिरको भण्डार घर फोरेर सुन चोरीमा संग्लन भएको आरोप लागेका दोगडाकेदार गाउँपालिका– १ रीमका धनबहादुर कार्की र केशवराम सार्कीलाई कारागार चलान गरिएको हो। यस्तै मन्दिरबाट चोरिएको सुन खरीद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी कञ्चन पौडेल र गणेश पौडेल र दार्चुलाको शैल्यशिखरका भुवनसिंह शाहु धरौटीमा छुटेक छन्।

उनीहरु जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन्। यस्तै दोगडाकेदार गाउँपालिका– १ रीमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही १० हजार धरौटीमा छुटेका छन्। लटिनाथ मन्दिरको सुन गत मंसिर चोरी भएकोमा स्थानीयहरुले गत चैतमा मात्रै थाहा पाएका थिए।

कमेन्ट लोड गर्नुस