एक सय ९० कट्टा बढी सार्वजनिक जग्गा बषौदेखि अतिक्रमीत
राजनीतिक दलको संरक्षण हुँदा खाली गराउनै चुनौती
२०४४/०४५ देखि १५ रुपैया मासिक चन्द्रदयो माध्यामिक विद्यालयलाई भाडा तिर्दै आएका स्थानीय वासिन्दाहरुले अतिक्रमण गरेको जमीन खाली गर्न नसकिएको हो। अतिक्रमण गरिएको जग्गाको लालपुर्जा दिने भन्दै राजनीतिक दलहरुले भोट वैंकका रुपमा प्रयोग गर्दा अझ अतिक्रमण वढेको हो। स्थानीय सुर्यप्रसाद शर्माले डीपोबजार क्षेत्रका जनतालाई राजनीतिक दलहरुले गुर्मारामा पार्ने गरेको बताए। फुलबारीको मुटुको रुपमा रहेको डिपोबजार क्षेत्रका घर संघसस्थाको जमिनमा बनेका छन, उनिहरुको अवस्था के हुन्छ? मेयर सापले जमिन बितरण गर्ने भन्नु भएको थियो। यर्थात के हो? चुवावमा भोट माग्ने मात्र हो ? चुनावको बेला मात्र भोट बैँकको रुपमा प्रयोग गर्ने ? उनले भने।
चन्द्रदोय माध्यामिक विद्यालयको एक सय २० कट्टा, वडा नम्बर १८ को कार्यालयको ६० कट्टा र नेपाल रेडक्रस सोसाइटीको १० कट्टा जमिन अतिक्रमणमा परेको छ। वडा नम्बर १८ डिपोबजार क्षेत्रको सार्वजनिक जमिन उपभोग गर्दै आएकाहरुलाई नाम सारी गर्ने भनेपछि उनीहरुले सो क्षेत्रमा भौतिक संरचना समेत थप्दै गएका छन। राजनीतिक स्वार्थका लागि बर्षाै देखी जग्गा अतिक्रमण वढिरहेको हो। वडा कार्यालयको सार्वजनिक जमिनमा ४२ परिवार, पिपल चौतार देखी पश्चिम तिरको वडा कार्यालय र नेपाल रेडक्रसको नामा रहेको जमिनमा लगभग २४ परिवारको बसोबास अहिले रहेको छ। २०५२ सालमा जमिन नाप गर्न आयोग गठन भएपछिसो जमिन प्रति भएको स्थानीयले थाहा पाएका थिए । सार्वजनिक जग्गाको व्यक्तीगत लालपुर्जा बनाउने दाउपेच जारी रहँदा राजनितिक दलहरुले पनि त्यसलाई चुनावी एजेण्डा वनाउँदै आएका छन् ।
डिपोबजार क्षेत्रको पिपल चौतार देखी दक्षिण तिर, वडा नम्बर १८ को कार्यालय देखी दक्षिण–पश्चिम तिरको जमिन अतिक्रमण भएको छ। सो क्षेत्रमा ४२ घर परिवारले जमिन अतिक्रमण गरेका हुन। मुख्य बजार क्षेत्रको सार्वजनिक जमिन बर्षौ देखी स्थानीयले अतिक्रमण गरेका छन। तर धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले फुलबारी क्षेत्रका जमिन समस्या समाधान पुरानो रहेको बताए। पुर्व माननिय सांसद टेकबहादुर चोखाललाई व्यवस्थीत बितरण गर्न दिइएन, संघसस्थाको जमिन मैले चुनाव जितेकाले मात्र बचेको छ। उनले भने। स्थानीय सरकारले जमिन बितरणको अधिकार पाएको भए आज सम्म वितरण गरी सक्ने थिए। कानूनी प्रक्रिया के हो, त्यो प्रदेश सरकारसंग अधिकार छ। प्रदेश सरकारले नीति निर्माण गरेपछि हामी त्यो नीतिमा टेकेर व्यवस्थापन गरौला। मेयर वडले भने।
राजनीतिक संरक्षणका कारण अतिक्रमित फुलबारीको डिपोबजार क्षेत्रको सार्वजनिक जमिन खाली गर्न चुनौती थपिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १८ फुलबारी डिपोबजार क्षेत्रको सार्वजनिक जमिन बर्षौदेखि अतिक्रमणको चपेटामा छ । राजनीतिक संरक्षणका कारण फुलबारीको डिपोबजार क्षेत्रको विद्यालय, साविकको फुलबारी गाविस कार्यालय तथा हाल वडा नम्बर १८ का कार्यालय, नेपाल रेडक्रस सोसाइटी फुलबारी शाखाको जमिन अतिक्रमण भएको छ । पटक–पटकका निर्वाचनमा राजनीतिक दलहरुले जमिन दर्ता गर्ने आश्वासन दिने र पुन अर्को निर्वाचनमा समेत तेही नारालाई भजाउँदा डिपो बजार क्षेत्रका जनता हैरान भएका छन भने जमिन खाली गर्न समेत अटेरी गर्दै आएका छन ।