सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेस्सी बार्सिलोना फर्किए, नयाँ सम्झौता हुने

२०७८ साउन २१, ०५:०३ खबर संवाददाता

धनगढीः अर्जेन्टिनी स्टार लियोनल मेस्सी आफ्नो उद्देश्य पुरा गरेर फेरि स्पेनको बार्सिलोना शहर फर्किएका छन्।

देशको लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यका साथ उनी कोपा अमेरिका खेल्न ब्राजिल गएका थिए। कोपा जितेर परिवारसँग विदामा रमाइला क्षणहरु बिताएपछि उनी बार्सा फर्किएका हुन्।

मार्काका अनुसार बार्सिलोना फर्किएका मेस्सीले अबको केही समयमै बार्सासँग नयाँ सम्झौतामा हस्ताक्षर गर्नेछन्। यसअघि बार्सा छाड्ने हल्लाकाबीच मेस्सीले बार्सासँग आधा तलब घटाएर त्यहीँ पाँच वर्ष बस्न सहमत भएका थिए। सोही सहमतिलाई पूर्ण रुप दिन उनी क्लब फर्किएका हुन्। 

खबरका अनुसार उनी चाँडै प्रशिक्षणमा फर्किनेछन्। गत जुन ३० मा  बार्सा र मेस्सीबीचको सम्झौता सकिएको थियो। चाहेका भए मेस्सी अन्य क्लब जानसक्थे। तर दुईहप्ता फ्रि–एजेन्ट भएपछि मेस्सीले बार्सामै बस्ने निधो गरे।  
कोरोना प्रकोपका बेला बार्सिलोनाले ठूलो घाटा व्यहोरेपछि बार्साले खेलाडीहरुको तलब कटौती गर्ने अवस्था सिर्जना भएको थियो। 

यसअघि मेस्सी म्यानचेस्टर युनाइटेड र पीएसजीजस्ता क्बलमा जाने सम्भावनाको बारेमा चर्चा भएको थियो। तर उनले आफ्नो बाल्यकालदेखिको क्लबमै बस्ने चाहना राखे।

मेस्सी बार्सिलोना फुटबल क्लबका सर्वाधिक गोलकर्ता हुन्। ६७२ गोल गरेका उनले १० ला लिगा उपाधि जितेका छन्। बार्साबाट चार च्याम्पियन्स लिग जितेका उनले ७ कोपा डेल रे हात पार्दा ६ पटक बालुन डि’ओर अवार्ड हात पारेका छन्। 

कमेन्ट लोड गर्नुस