हवाईजहाजबाट पनि थालियो कोरोना बिरामीको उद्धार
धनगढीः कोरोना भाइरसको महामारीका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको हेलिउद्धार हुँदै आएकोमा अब हेलिकोप्टरबाट समेत उद्धार थालिएको छ। समिट एयरले बुधबार सुर्खेतबाट दुई कोभिड बिरामीलाई मेडिकल उडानमार्फत काठमाडौं ल्याएको छ।
कम्पनीका अनुसार एक क्याप्टेन र मेडिकल टीमसहित बिरामीको हवाई उद्धार गरिएको हो। त्रिभुवन विमानस्थलबाट ती बिरामीलाई अस्पताल लगिएको थियो। हवाईजहाजमा कोभिड बिरामी राख्ने प्रयोजनका लागि आवश्यक विशेष उपकरण र साधनहरुको प्रयोग गरिएको थियो।
हेलिकोप्टरबाहेक पहिलो पटक जहाजमा यस्तो उपकरण राखेर बिरामीको उद्धार गरिएको हो। हेलिकोप्टर कम्पनीहरुले भने महामारीको समयमा देशका विभिन्न स्थानबाट बिरामीलाई उद्धार गरि अस्पतालहरुमा पुर्याइरहेका छन्।