सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोप लगाएका नेपालीलाई स्वीटजरल्यान्डमा यात्रा अनुमति

२०७८ साउन २१, १२:४९ खबर संवाददाता

काठमाडौं : कोभिड-१९ संक्रमणको स्थिती बढेको बताउँदै बेलायतले नेपाललाई रेड लिस्टमा राखेको छ। बिहीबार सार्वजनिक गरेको नयाँ कोभिड प्रोटोकलको सूचीमा बेलायतले भारतलाई रेड लिस्टबाट हटाएको छ भने नेपाल सूचीमा कायमै छ।

नयाँ नियम आगामी आठ अगस्ट तारिखदेखि सुरु हुने बेलायतले जनाएको छ। बेलायतको रेड जोन सूचीमा अधिकांश मध्यपूर्व, दक्षिण एसिया र पूर्वी एसियाली मुलुकहरु छन्।

आगामी आइतबारदेखि लागू हुने नियमानुसार नेपालबाट बेलायत जानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्नेछ भने दोस्रो र आठौं दिनमा कोभिड परीक्षण गर्नुपर्ने भएको छ। यसैबीच, खोप लगाएका नेपाली नागरिकले वैधानिक भिसामा स्वीटजरल्यान्डमा यात्रा अनुमति पाउने भएका छन्। स्वीटजरल्यान्डको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै खोप लगाएका नेपाली, बेलायती र भारतीयलाई क्वारेन्टिन बिनै यात्रा अनुमति दिने जनाएको छ।

अगस्ट ४ देखि यो नियम लागू भएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस