सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु

२०७८ साउन २१, ०६:५९ खबर संवाददाता

धनगढी: बैतडीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ बर्षीय सन्तोष चन्द र १८ बर्षीय अमृत चन्दको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक बोधराज ओझका अनुसार बँदेल मार्न मकै बारीमा थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु भएको हो। 

बुधबार राती सवा ९ बजेतिर दुवै जनालाई करेन्ट लागेको र मृत्यु भएको ओझाले जानकारी दिए। घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट टोली खटाइएको छ। 
 

कमेन्ट लोड गर्नुस