सुदूर नेपाललाई विश्वसँग जोड्दै

घाटामा सञ्‍चालित सार्वजनिक संस्थानहरूलाई उकास्‍ने गरी काम गर्न निर्देशन

२०७८ साउन २०, ०७:०९ खबर संवाददाता

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा सञ्‍चालित सार्वजनिक संस्थानहरूलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन्।

बुधबार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ लिने क्रममा उनले घाटामा सञ्‍चालित सार्वजनिक संस्थानहरूलाई उकास्ने नीति र कार्यक्रम तय गर्न निर्देशन दिएका हुन्। ुके कस्तो नीति बनाउँदा सार्वजनिक संस्थानहरुलाई नाफामा लिन सकिन्छरु के के समस्या समाधान गर्नुपर्ने होरु तत्काल त्यसको विस्तृत सूची तयार गर्नुस्।ु मन्त्री शर्माले सम्बद्ध कर्मचारीहरूलाई निर्देशन दिए।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले कतिपयबाहेक धेरैजसो सार्वजनिक संस्थानहरूको स्थिति राम्रो नभएको भन्दै सुधार गर्नैपर्ने अवस्था रहेको बताए। नेपाल सरकारको ६ सय अर्ब लगानी रहेको सार्वजनिक संस्थानहरूले ३० हजार रोजगारी पनि सृजना गर्न नसकेको र नाफा आर्जन गर्नुको सट्टा उल्टै सरकारलाई दायित्व थपेको स्पष्ट पारे।

नाफामा लैजाने उद्देश्यका साथ निजीकरण गरिएका कतिपय संस्थानहरु समेत नोक्सानीमा रहेको भन्दै उनले सुधारको लागि नीतिगत परिवर्तनको आवश्यकता रहेको सुनाए।

संस्थान समन्वय महाशाखा प्रमुख एवं सहसचिव दीर्घ मैनालीले सार्वजनिक संस्थानहरूको विद्यमान अवस्थाबारे प्रस्तुति गर्दै नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्‍चार कम्पनी लिमटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडलगायत संस्थानहरु नाफामा रहेको जानकारी दिए।

सरकारको स्वामित्वमा सञ्‍चालित सार्वजनिक संस्थानहरू ४४ वटा रहेका छन्। औद्योगिक क्षेत्रका १०, जनउपयोगी ५, व्यापारिक ५, वित्तीय ९, सामाजिक ५ र सेवा क्षेत्रका १० वटा संस्थान रहेका छन्। यसमध्ये २४ वटा संस्थानहरू नाफामा सञ्‍चालित छन् भने १८ वटा संस्थान घाटामा सञ्‍चालित छन्।

कमेन्ट लोड गर्नुस