सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठेपूल भत्काइयो

२०७५ मंसिर ३, ०७:०५ नरेन्द्र कार्की

नेपाल भारतका उत्तरी सीमाको महाकाली नदी माथि लगाइएको अस्थायी काठेपूलहरु सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भत्काइएको छ। नेपाली पक्षको अनुमति नलिएरै निर्माण गरेका तीन वटाकाठेपूल सशस्त्र प्रहरीले भत्काइएको हो।
भारतले नेपालको अनुमति विनै पेल्सीतीमा, घाटी बगड र दोपाखेमा लगाएका काठे पूल भत्काएको छ । दुई वटा काठे पूल निर्माणको लागि अनुमति दिएको भएपनि भारतीय पक्षले पाँच वटा अस्थायी काठे पूल निर्माण गरेको थियो । भारतीय पक्षले नजाङ र तम्बाकुमा नेपाली पक्षको अनुमतिमा काठे पूल लगाएको हो।
हिउँदमा नदीको मात्रा घटेसँगै नदीवारपार गर्नको लागि अस्थायी रुपमा काठेपूल निर्माणगरेको थियो । जिल्लास्थित सञ्चार माध्यममा भारतीयले एकतर्फी सहमति भन्दा बढि पूल लगाएको भन्दै समाचार आएका थिए। प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले सीमा क्षेत्रमा लगाइएका पूलहरुको अनुगमनमा सशस्त्र प्रहरी खटाएको थियो। सशस्त्र प्रहरीले उक्त क्षेत्रमा लगाइएका तीन वटै काठे पूल भत्काएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । पूल भत्काएको बारे जिल्ला सुरक्षा समिति बैठकमासमेत छलफल भएको छ । सशस्त्र प्रहरीले पूल भत्काइएको प्रतिवेदन पेश गरेपछि सोहि विषयमा छलफल भएको हो । भारतले आफ्नो भूमिमा सडक निर्माणमा सहजता होस् भन्नको लागिबेला बेलामा अस्थायी काठे पूल महाकाली नदीमा राख्ने गरेको छ । भारतद्धारा काठेपूल निर्माण गरेका क्षेत्रमा नेपालको राज्यको उपस्थिती छैन् । नेपाली नागरिकको बसोबास नरहेको मौका छिपी भारतीय पक्षले पटक पटक काठे पूल लगाएर नदीवारपार गर्ने गरेको स्थानीय बताउँछन् ।
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस