अब क्रिकेटमा मेरो बेग्लै भूमिका हुनेछः पारस खड्का
२०७८ साउन २०, ०२:१९
काठमाडौं: हालै सन्न्यास घोषणा गरेका क्रिकेटर पारस खड्काले आफू क्रिकेटबाट टाढा नभएको बताएका छन्। उनले आफ्नो भूमिका भने अब बदलिने बताउँदै आफू क्रिकेटबाट टाढा नभएको बताएका हुन्।
सन्न्यास घोषणापछि पहिलोपटक पत्रकारहरूसँग प्रस्तुत हुँदै पारसले आफ्नो रुची व्यवस्थापनमा रहेको बताए। उनले भने, ‘म क्रिकेटबाट टाढिएको होइन, अब बेग्लै भूमिका हुन सक्छ। यो मैले धेरै सोचेर लिएको निर्णय हो।’
कमेन्ट लोड गर्नुस