सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिसिल्डको दुई डोज लिइसकेका व्यक्ति ९३ प्रतिशत सुरक्षित

फाइल फोटो
फाइल फोटो
२०७८ साउन २०, ०१:५९ खबर संवाददाता

काठमाडौं: खोप लगाउनुका बाबजुद संक्रमित हुनसक्ने खबरले हैरान रहेका मानिसहरुलाई राहतको खबर छ। विशेषगरी एस्ट्राजेनेका कम्पनीको कोभिशिल्ड खोप लगाएका व्यक्तिहरुले यस्तो राहत महसुस गर्नसक्छन्। 

भर्खरैमात्र भारतका १५ लाख ९० हजारभन्दा धेरै स्वास्थकर्मी र फ्रन्टलाइन वर्कर्समाथि भएको अध्ययनअनुसार कोभिशिल्ड दुबै डोज लिइसकेका मानिस ९३ प्रतिशत सुरक्षित छन्। 

ब्रेक थ्रुु इन्फेक्सन खोप लगाइसकेपछि हुने संक्रमणबारे भारतमा गरिएको यो अहिलेसम्मकै ठूलो अध्ययन हो। यस अध्ययनअनुसार खोप लगाइसकेपछि कोरोना हुने दर १ दशमलव ६ प्रतिशतमात्रै छ। अर्थात्, १ हजार मानिसमा केवल १६ जनालाई कोरोना हुनसक्छ । यो अध्ययन ‘द न्यु इङल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित छ। 

खोपको प्रभावकारीताबारे विश्वकै ठूलो अध्ययन 
आम्र्ड फोर्सेज मेडिकल कलेजको यस अध्ययन विश्वकै अहिलेसम्मको ठूलो अध्ययन हो। अहिले यसको अन्तरिम नतिजा जारी गरिएको हो।

अनुसन्धानकर्ताहरुका अनुसार यसअघि गरिएका अध्ययनको स्याम्पल साइज १० लाखभन्दा कम थियो। भारतको नीति आयोगका सदस्य डाक्टर विके पालका अनुसार यो अध्ययन १५ लाखभन्दा धेरै डाक्टर र फ्रन्टलाइन कर्मचारीमा गरिएको थियो।

‘जसले कोभिशिल्ड खोपको दुई डोज लगाएका थिए। उनीहरुमा ९३ प्रतिशत सुरक्षा देखियो। कोरोनाको दोस्रो लहरका दौरान डेल्टा भेरिएन्टको कहर देखिएको थियो। यो अध्ययन त्यही समयको हो।’

भारतमा १६ जनवरीमा खोपको सुरुवात भएको थियो। मेइ ३० सम्म खोप लगाइसकेका १५ लाख ९० हजारमा खोपको प्रभावकारिताबारे अध्ययन गरिएको हो।
 

कमेन्ट लोड गर्नुस