सुदूर नेपाललाई विश्वसँग जोड्दै

अझैँ खुलेन जयपृथ्वी राजमार्ग

२०७८ साउन २०, ०७:३८ खबर संवाददाता

धनगढी: बैतडीको पाटन नगरपालिका -८ स्थित झौलेकमा पहिरो जाँदा अवरुद्ध भएको जयपृथ्वी राजमार्ग अझै खुलेको छैन।

राजमार्ग खुलाउन पहल भइरहेको र पर्खाल लगाउने काम नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। गत आइतबार सडक तलतिरबाट पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको थियो। चारदिनदेखि अवरुद्ध राजमार्गका कारण मालवाहक सवारी साधन र अन्य सवारी साधन बाटोमै रोकिएका बताइएको छ।

यस्तै बझाङ जाने र बझाङबाट अन्यत्र जाने सवारी साधन पनि बिच बाटोमै रोकिएका छन् भने पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका लगायतका ठाउँबाट जाने यात्रुहरुलाई समस्या भएको छ।  
 

कमेन्ट लोड गर्नुस