बैतडीमा चट्याङ लागेर बालकको मृत्यु
२०७८ साउन १९, ११:५९
धनगढीः बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सोमबार साँझ परेको चट्याङले दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोलीको ज्यान गएको प्रहरीले जनाएको छ।
घरनजिकैको धारामा पानी भर्न गएका बेला उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए। उनका अनुसार बालकको घटनास्थलमै मृत्यु भएको हो।
कमेन्ट लोड गर्नुस