सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ईन्धनका लागि सकस

२०७५ मंसिर २, ०८:१४ कमल सावद

नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढी डिपोले भण्डारण क्षमता नबढाउदा सुदूरपश्चिममा पेट्रोलीयम पदार्थ अभाव भैरहेको छ। धनगढीमा रहेकोे डिपोको क्षमता नबढाएसम्म समस्या कायमै रहने छ। डिजेलका लागि ३, ४ दिनको मौज्जात राख्न सक्ने क्षमता भएपनि डिजेलको समे हाहाकार भएको छ। धनगढी डिपोमा पेट्रोलका लागि एक दिनका लागि समेत मौज्जात राख्ने क्षमताका ट्याङकी छैनन्। नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीको डिपोमा १५ लाख ९० हजार लिटर डिजल, ७० हजार लिटर पेट्रोल र २८ हजार लिटर मट्टीतेल राख्न सकिने क्षमताका ट्याङ्की रहेका छन्। भण्डारण क्षमता ७० हजार रहेकोमा पेट्रोलको माग भने झण्डै एक लाख लिटर छ। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस