सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पहिलोपटक सडक मर्मत स्वयंसेवक नियुक्त

ग्रामिण सडकहरू बाह्रै महिना सञ्चालन हुने

२०७८ साउन १८, ०१:१४ खबर संवाददाता

बैतडीः स्थानीय तहमा पहिलोपटक सडक मर्मत स्वयंसेवक नियुक्त गरिएको छ। बैतडीको दोगडाकेदार गाउँपालिकाले ४० जना सडक मर्मत स्वयंसेवक नियुक्त गरेको हो।

पालिकाले सडक सरसफाइ, रेखदेख तथा  मर्मतसम्भारका लागि स्वयंसेवकलाई करार सेवामा नियुक्त गरिएको जनाएको छ। गाउँपालिकाले आफ्नै लगानीमा निर्माण गरेका सडकहरू सुचारु, मर्मत र नियमित सञ्चालन गर्न सडक मर्मत स्वयंसेवक नियुक्त गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले जानकारी दिए।

सबै वडामा पुर्‍याइएका सडकहरूमा नियमित रूपमा सवारीसाधन सञ्चालन गर्न स्वयंसेवक नियुक्त बताईएको छ। स्वयंसेवक नियुक्त गरिएसँगै गाउँपालिकाका ग्रामिण सडकहरू बाह्रै महिना सञ्चालन हुनेछन्‌। यसअघि वर्षातको समयमा सडकहरू बन्द हुने गरेका थिए।


 

कमेन्ट लोड गर्नुस