सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय वनको काठ ठेक्कामा लुछाचुँडी

२०७५ मंसिर २, ०७:१५ कमल सावद

डिभिजन वन कार्यालय कैलालीमा राष्ट्रिय वनको काठ ठेक्कामा लुछाचुडी भएको छ। डिभिजन वन कार्यालय कैलालीले २०७५ कार्तिक १० गते निकालेको काठ टेण्डर दाखिलामा ठेकेदारहरु बिच नै डेण्डर लुछाचुँडी भएको हो। ठेकेदारहरुले एकले अर्कोलाई टेण्डर समेत दाखिला गर्न नदिएको आरोप लगाएका छन। डिभिजन वन कार्यालय भित्र नै टेण्डर समेत दाखिला गर्न नदिने गरी च्यातिएको भन्दै उनीहरुले आक्रोस व्यक्त गरे।


कैलालीका राष्ट्रिय वनबाट संकलन भएको ९३ टन काठको डिभिजन वन कार्यालयले टेण्डर आव्हान गरेको थियो। पाँच सय भन्दा बढी टेण्डर खरिद भएकोमा २ सय २८ सिलबन्दी दर्ता भएका डिभिजन वन कार्यालयले बताएको छ । कैलालीका राष्ट्रिय वन, बाह्बन सामुदायिक वन र रानी जमरा कुलरीया सिँचाई आयोजना क्षेत्रबाट ४४ हजार छ सय ९७ दशमलव ०९ क्युफिट सालको गोलिया, खयर ४  हजार ३ सय १३ दशमलव २६ क्युफिट, अन्य काठ २६ हजार १ सय ५१ दशमलव ५५ क्युफिट र दाउरा ५१ चट्टा काठ संकलन भएको थियो। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस