सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाटनका मेयर र उपमेयरको कार्यकक्षमा लगाइएको ताला खोलियो

२०७८ साउन १८, १०:४६ खबर संवाददाता

ध्रुब बिष्ट, बैतडी:  बैतडीको पाटन नगरकार्यपालिकाको मेयर र उपमेयरको कार्यकक्षमा लगाइएको तालाबन्दी सोमबार बिहान खुलाइएको छ। स्थानीय युवाहरू र नगर प्रशासनबीच सोमबार बिहान बसेको छलफलमा २ बुँदे सहमति भए पश्चात ताला खुलाइएको हो।

गुरूडा–भासु– जडाकोट ३ नम्बर वडा कार्यालय जोड्ने सडक निर्माण योजनाको विषयलाई लिएर आइतबार साँझ तालाबन्दी गरिएको थियो। स्टिमेट अनुसार काम सम्पन्न नभइकनै उपभोक्ता समितिलाई गरिएको भुक्तानीको विषयबारे तत्काल जानकारी गराउने र काम सम्पन्न भइसकेपछि मात्रै रकम फुकुवा गर्ने सहमतिपछि तालाबन्दी खुलाइएको युवा खेमराज अवस्थीले जानकारी दिए।

७ जना युवाहरु खेमराज अवस्थी, रोशन भट्ट, सन्जु भण्डारी, हरिश भण्डारी, हेमराज पाण्डे, सतिश बिक र मनमोहन बिष्ट लगायतका युवाहरूद्धारा जारी प्रेस विज्ञप्तिमा जनप्रतिनिधिहरूको आचरण नसुध्रिए फेरिपनि आफुहरू खबरदारी गर्न नछोड्ने उल्लेख छ।

पछिल्लो समय पाटन नगरपालिकामा बढ्दै गइरहेको बेथिति र भ्रष्टाचारका विषयमा स्थानीय युवाहरू गम्भीर बन्न थालेका छन्।

कमेन्ट लोड गर्नुस