सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी सुविधाबाट वञ्चित हुँदै मुटुरोगी

। फोटो स्रोत ।
२०७५ मंसिर २, ०४:३३

उपचारका लागि भेरी अञ्चल अस्पतालमा आएका मुटुका बिरामी राज्यले दिने सेवाबाट वञ्चित भएका छन्। सरकारले कार्डियोलोजी विभागलाई सूचीकृत गर्न ढिलाइ गरेका कारण साविक मध्य तथा सुदूरपश्चिमाञ्चलका सयौँ मुटुरोगी सरकारी सेवाबाट वञ्चित भएका हुन्। मुटुरोगका बिरामीलाई रु एक लाखसम्मको उपचारमा सहयोग गर्ने नीति राज्यको छ तर संस्था सूचीकृत नहुँदा उपचारका लागि भेरी अञ्चल अस्पतालमा जाने मुटुरोगका बिरामीले उक्त सेवा पाउन नसकेको अस्पतालले जनाएको छ।     संस्था सूचीकृतका लागि भेरी अञ्चल अस्पतालले तीन महिनाअघि स्वास्थ्य मन्त्रालयमा रहेको सामाजिक सेवा तथा नर्सिङ महाशाखामा पत्र पठाए पनि अहिलेसम्म दर्ता नभएको अस्पतालका निमित्त मेडिकल सुरपरिटेण्डेन्ट वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले बताए। 
रासस

कमेन्ट लोड गर्नुस