सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप दुुई हजार ५६८ मा सङ्क्रमण

२०७८ साउन १७, ०५:४३ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा १२ हजार ६३६ मा नमूना परीक्षण गर्दा देशभर दुुई हजार ५६८ मा सङ्क्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा दुई हजार २० जना सङ्क्रमणमुक्त भएका छन्। आज १८ को मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ८७५ पुगेकोे छ। 

सङ्क्रमण मुक्त हुने दर ९४.१ प्रतिशत पुगेको छ। हालसम्म कोभिड–१९ खोपको पहिलो मात्रा ४० लाख ६ हजार २८८ ले लगाएका छन् भने पूर्ण मात्रा लगाउनेको सङ्ख्या १८ लाख १३ हजार ४७१ पुगेको मन्त्रालयले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस