सुदूर नेपाललाई विश्वसँग जोड्दै

कन्चपुरको पुनर्वासका बजार क्षेत्रमा दैनिक चेकीङ्ग गर्नुपर्ने स्थानीयको माग

२०७८ साउन १६, १०:३७ खबर संवाददाता

केशव भट्टराई, पुनर्वासः कन्चनपुरको पुनर्वासमा पछिल्लो समय ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको छ।

दैनिक सवारी चेकजाँचको तालिकामा फेरबदल गर्दै चेकजाँचमा कडाई गरिएको हो। प्रायः दोदा नदिमा मात्रै ट्राफिक चेकजाँच हुँदै आएकोमा अहिले भने आईबिआरडी, टाउन, क गाउँ, कान्छी बजार, सिम्री डोकेबजार लगायतका स्थानमा दिनहुुँजसो चेकजाँच भइरहेको अस्थायी ट्राफिक प्रहरी पोस्ट त्रिभुवनबस्तीले जनाएको छ।

हेल्मेट खोई ? अभियान, ईलाका प्रहरी कार्यालय र अस्थाई ट्राफिक पोष्ट त्रिभुवनबस्तीको संयुक्त पहलमा शनिबार दोदा, ग गाउँ (पशुपति चौराहा), आईबिआरडी र टाउनमा चेकजाँच गरिएको थियो। पुनर्वासका स्थानीयले भने दैनिक नै चेकिङ्ग गर्नुपर्ने माग राखेका छन्।

कमेन्ट लोड गर्नुस