सुदूर नेपाललाई विश्वसँग जोड्दै

थलिएको पर्यटन प्रवद्र्धका लागि विशेष योजना ल्याउँछौँ : मन्त्री कँडेल

२०७८ साउन १६, ०९:०६ रासस

गण्डकी: गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मणिभद्र कँडेलले कोरोनाले थलिएको पर्यटनलाई माथि उठाउन विशेष कार्ययोजना बनाउने बताएका छन्।

पर्वत उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कँडेलले गण्डकी प्रदेशका सबैजसो जिल्ला पर्यटनको लागि नेपालकै महत्वपूर्ण क्षेत्र भए पनि कोरोनाले सुस्ताएको बताउँदै कोभिड प्रभावित व्यावसायीको हितका निम्ति विशेष प्याकेजसहित अघि बढ्ने योजना रहेको बताए। 

उनले कृषकको सुविधाका लागि प्रदेशका ११ वटै जिल्लामा कृषि एम्बुलेन्स सञ्चालन गर्ने विशेष कार्यक्रम अघि बढाइने बताए। कृषकका उत्पादन बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न थालिएको उनको भनाइ छ। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षालाई निष्कर्षमा पु¥याउने बताउँदै त्यसका लागि प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्ध खोपको उपलब्धता गराउन सरकार जुटेको बताए । 

कार्यक्रममा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री चन्द्र बुढामगरले गण्डकी प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन अहिलेको सरकार अघि बढेको बताए। उनले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन अनुदानमूलक कार्यक्रम अघि बढाइने बताए।  

नवगठित गण्डकी प्रदेश सरकारमा बागलुङले दुई मन्त्री पाएको छ। कांग्रेसबाट पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेल र (माओवादी केन्द्र)बाट भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढामगर नियुक्त भएका छन्। 
 

कमेन्ट लोड गर्नुस