सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालसामान बरामद

२०७८ साउन १६, ०५:४३ रासस

कर्णाली: इलाका प्रहरी कार्यालय छिन्चुले एक लाख ६५ हजार ६५७ को अवैध मालसमान बरामद गरेको छ नेपालगञ्जबाट सुर्खेत छिन्चुतर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा ओसारपसार गरिराखेको अवैध मालसमान शुक्रबार प्रहरीले बरामद गरेको हो।

बससहित वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ३७ वर्षीय बसचालक तुलाराम न्यौपानेलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहोलपुर बाँकेमा पठाइएको प्रहरीले जनाएको छ । 

चितवनबाट सुर्खेततर्फ आउँदै गरेको प्रदेश नं ३–०१०२३ च ७१४२ नम्बरको जीपमा  राजस्व छली गरी अवैधरुपमा ल्याइएको दुई लाख ८५७ बराबरको ३९५ थान पिभिसी प्यानलसहित हेटाँैडा आम भञ्ज्याङ– ६ मकवानपुर निवासी २४ वर्षीय सवारी चालक रोमप्रसाद घिमिरेलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि राजस्वअनुसार कार्यालय कोहलपुर बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उपरीक्षक रामप्रसाद घर्ती मगरले बताए।  

नेपालगञ्जदेखि सुर्खेततर्फ जाँदै गरेको क प्र ००२ ख ०१०९ बसमा राजस्व छली गरी अवैधरुपमा ल्याइएको तीन लाख २४ हजार १० को अवैध मालसमान प्रहरीले शुक्रबार नै बरामद गरेको छ। कानूनसम्वत्को मूल्य अभिवृद्धि कर उल्लेख गरिएको बिल नभएको अवैध मालसमान आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस