सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा विद्युत विस्तारको माग गर्दै आन्दोलन

२०७८ साउन १६, ०५:२० खबर संवाददाता

धनगढीः विद्युत विस्तारको माग गर्दै शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ का स्थानीय आन्दोलनमा उत्रेका छन्।

विद्युत विस्तारको आश्वासन दिँदै चार बर्ष पहिले पोल गाडिएको भएपनि हालसम्म त्यसबाहेक कुनै काम नभएको भन्दै उनीहरुले आन्दनेलन स्वरुप महाकाली लोकमार्ग अवरुद्ध गरेका हुन्। लोकमार्गको चैतलीचौर क्षेत्रमा सडक बन्द गरिएको छ।

विद्युत विस्तरको माग गर्दै १० दिन अघि प्रशासनलाई जानकारी गराएपनि सुनुवाई नभएको भदै आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ। 

सडक अवरुद्ध पारेपछि विद्युत कार्यालयका प्रतिनिधि र आन्दोलनकारी बीच छलफल भइरहेको जनाईएको छ।


 

कमेन्ट लोड गर्नुस