सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप ३,१०६ जनामा देखियो कोरोना, २३ जनाको मृत्यु

२०७८ साउन १६, ०४:५२ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन्।

कमेन्ट लोड गर्नुस