सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवाहको एक वर्षमा नै मियाको डिभोर्स !

२०७८ साउन १६, १२:५२ खबर संवाददाता

एजेन्सी: पूर्व ‘एडल्ट पोर्न’ स्टार मिया खलीफाले पति रोबर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेद गर्ने भएकी छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले पतिसँग सम्बन्धविच्छेद गर्न लागेको खुलासा गरेकी हुन्। 

सन् २०१९ मा इन्गेजमेन्ट गरेर अघिल्लो वर्ष विवाह गरेकी मियाको विवाह भएको एक वर्ष मात्रै पुगेको छ। मिया र रोबर्टको विवाह लामो समय टिक्न पाएन। मियाले सम्बन्धलाई टिकाउन भरपुर कोसिस गरेको समेत खुलाएकी छन्।

मियाले लेखेकी छन्, ‘हामी पूरै आत्मविश्वासका साथ भन्छौँ कि हामीले विवाहलाई सफल बनाउन धेरै कोसिस गर्यौँ। तर एक वर्षसम्म कोसिस गर्दा पनि हामीले सम्बन्धलाई बलियो बनाउन नसकेपछि छुट्टिने निर्णयमा पुगेका हौँ।’

‘हामीले एक अर्कालाई सधैँ माया र प्रेम गर्यौँ। साना तिना खटपटले हामीलाई अलग बनाउन त सक्दैन थियो। तर सम्बन्धमा यस्तो मोड आयो जसलाई हामीले सुल्झाउन सकेनौँ।’ 

मियाको गरेको पोस्ट्मा रोबर्ट र मिया दुवैले प्रतिक्रिया जनाउन नमिल्ने बनाएका छन्। 

कमेन्ट लोड गर्नुस