सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको महेन्द्रगरमा भत्किएको कल्भर्ट स्थानीय आफैले मर्मत गरे

२०७८ साउन १६, ११:५१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजारमा फुटेको कल्भर्ट स्थानीय आफैले मर्मत गरेका छन्। महेन्द्रगर बजारको गल्ली नम्बर ४ मा रहेको फ्रिलाइन सडकको भत्किएको कल्भर्ट स्थानीयले शुक्रबार साँझ मर्मत गरेका हुन्। 

३ वर्षदेखि भत्किएको कल्भर्ट नगरपालिकाले मर्मत नगरेपछि व्यक्तिगत खर्च उठाएर  मर्मत गरेको स्थानीय भुपी उपाध्यायले बताए। उक्त कल्भर्टमा परेको प्वालका कारण दुर्घटनाको जोखिम समेत रहेकाले आफूहरुले मर्मत गरेको उनले बताए।

कमेन्ट लोड गर्नुस