सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध माछा र ब्रोइलर कुखुरा नष्ट

२०७८ साउन १६, ११:१४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा २५ हजार मूल्य बराबरको अवैध माछा र ब्रोइलर कुखुरा नष्ट गरिएको छ।

जिल्लाको पुनर्वास नगरपालिका १० विकास बस्तीस्थित बीओपी दोदाले शुक्रबार राति नियन्त्रणमा लिएको अवैध ब्रोइलर कुखुरा र माछा नष्ट गरेको प्रहरीले बताएको छ। ६५ केजी (२६ वटा) कुखुरा र २० केजी माछा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर ठकुल्लाले बताए। 

माछा र कुखुरा करिब २५ हजार मूल्य बराबर रहेको र खाडलमा पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस