सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका प्रधानमन्त्री रोजगार कार्यक्रमका मजदुरहरुलाई एक महिनाभित्र पारिश्रमिक दिइने

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १६, ०८:१७ खबर संवाददाता

धनगढी: बैतडीको पाटन नगरपालिका -८ का प्रधानमन्त्री रोजगार कार्यक्रमका मजदुरहरुलाई एक महिनाभित्र पारिश्रमिक दिइने सहमती भएको छ।

शुक्रबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले नगरपालिकासँग भाद्र १५ गतेभित्रै बाँकी रकम निकासाका लागि अनुरोध गर्ने निर्णय गरेपछि मजदुरहरुले सहमती जनाएका हुन्। यो सँगै उनीहरुले आफूहरुको आन्दोलन स्थगित गरेका छन्।

वडा नम्बर ८ का तीन वटा योजनाको ३९ लाखमा सम्झौता भएको थियो। तर सो रकममध्ये ८ लाख ५२ हजार मात्रै निकासा भएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका थिए। उनीहरुले उक्त वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए। 
 
 

कमेन्ट लोड गर्नुस