सुदूर नेपाललाई विश्वसँग जोड्दै

टुक्राटुक्रा भएको छ कर्णाली नदीमा दुर्घटनाग्रस्त जीप, अझै फेला परेनन् जोशी दम्पती

२०७८ साउन १६, ०७:०९ खबर संवाददाता

धनगढी : कैलालीमा भएको जीप दुर्घटनामा बेपत्ता भएका जोशी दम्पती अझै फेला परेका छैनन। एकै परिवारका ५ जना सवार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो।

जीपमा सबार तीन जनाको उद्धार गरिएको थियो भने डडेल्धुरा घर भई हाल डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका चन्द्रप्रकास जोशी र उनकी श्रीमती रुवी जोशी बेपत्ता भएका थिए।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जोशी दम्पतीलाई अझै फेला पार्न नसकिएको बताए।

‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले अबेर रातिसम्म खोजी गरेका थिए,’ उनले भने, ‘दुबै जना फेला नपरेपछि आज बिहानदेखि फेरि खोजी सुरु हुन्छ।’ उनका अनुसार दुर्घटनाग्रस्त जीप भने कर्णाली नदीमा टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ।

‘सडकबाट झण्डै तीन सडक मिटर तल नदीमा खसेको जीप टुक्राटुक्रा भएको छ। केही पार्ट निकालिएको छ। मुख्य पार्ट निकाल्न बाँकी छ,’ उनले भने। गाडीमा सवार चन्द्रप्रशासकी १२ वर्षीया छोरी लक्ष्मी, ४ वर्षीया सावित्री र ३ वर्षीय भुवन जोशीको उद्दार गरिएको थियो। उनीहरुको अहिले कोहलपुरमा उपचार भइरहेको छ। नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्नेक्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस