सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप तीन हजार ६११ मा सङ्क्रमण पुष्टिः एक हजार ८ सय १६ सङ्क्रमणमुक्त

२०७८ साउन १५, ०८:२२ रासस

काठमाडौँः पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६११  जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार नौ हजार ७८३ पीसीआर परीक्षणमा दुई हजार ४६७ र चार हजार ८७८ एन्टिजेन परीक्षणमा एक हजार १४५ जना गरी कूल तीन हजार ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ६ लाख ९३ हजार १०९ पुगेको छ। त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ६० हजार ५२४ रहेको छ। 

पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५२ हजार २६१ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

हाल नेपालमा २७ हजार ८२० जना होम आइसोलेसन, तीन हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन्। त्यसैगरी ६८६ जना आइसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार ४४४ जना छन्।

नेपालमा कोरोना सङ्क्रमणबाट थप २७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ८३४ पुगेको छ। नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस