सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

२०७८ साउन १५, ०६:४५ खबर संवाददाता

बैतडीः पहिरो कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ। महाकाली लोकमार्गको सतबाँझ –गोकुलेश्वर सडक खण्ड अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघरमा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि लोकमार्ग अवरुद्ध भएको हो। 

लोकमार्ग अवरुद्ध हुँदा सैयौ गाडी र यात्रु बीचबाटोमै अलपत्र परेका छन्। पहिरो पन्छ्याउनका लागि जेसीबी लगाएर काम भईरहेको भएपनि अझै एक दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ।

महाकाली लोकमार्गको धरमघरमा बेलाबेलामा पहिरो खस्दा सवारी साधन सञ्चालनमा समस्या भएको छ। मोड सुधार कार्यक्रम अन्तर्गत सडक काटिएपछि सो ठाउँमा पहिरो खस्न थालेको हो।

कमेन्ट लोड गर्नुस