सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा साउन मसान्तसम्म थपियो निषेधाज्ञा

२०७८ साउन १५, ०६:४० खबर संवाददाता

बैतडीः बैतडीमा साउन मसान्त सम्म निषेधाज्ञा थप गरिएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन मसान्तसम्म लम्ब्याउने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गते सम्म छैटौं पटक निषेधाज्ञा थपिएको थियो। आज रातीदेखि लागू हुने गरेर सातौं पटक निषेधाज्ञा थपिएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले जानकारी दिए।

पसलहरु बिहान ६ बजेदेखि साँझ ७ बजे सम्म सञ्चालनमा रहने बताईएको छ। यस्तै विवाह,ब्रतबन्ध जस्ता धार्मिक कार्यक्रमहरुमा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

बैतडीमा गत वैशाख २० गतेदेखि जारी गरिएको निषेधाज्ञामा खुकुलो पार्दै लम्ब्याइएको हो।

कमेन्ट लोड गर्नुस