सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा शिक्षकको रिले अनसन

२०७८ साउन १५, ०५:४० खबर संवाददाता

बैतडीः बैतडीमा शिक्षकहरुले रिले अनसन थालेका छन्। शुक्रबार सरकारसँग राखेका शैक्षिक तथा पेशागत हकहितका मागहरु पूर्ण कार्यान्वयनको माग राख्दै शिक्षकहरुले अनसन थालेका हुन्।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा देशव्यापी सुरु भएको चौथो चरणको आन्दोलन अन्र्तगत उनीहरुले शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको अगाडी अनशन तथा धर्ना थालेका हुन।

मागहरुको पूर्ण कार्यान्वयनको माग गर्दै अनसन र धर्ना कार्यक्रम गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय कमिटी सचिव एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष दल बहादुर कार्कीले जानकारी दिए। अनसनमा एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरु सहभागी छन्।

पहिलो चरणको आन्दोलनमा शिक्षा विभागसँग भएको सम्झौता अनुसार सबै बुँदाहरु कार्यान्वयन नभएकाले अनसन र धर्ना कार्यक्रमहरु गरिएको कार्कीले बताए। 

कमेन्ट लोड गर्नुस