सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको खोड्पे बजारकी एक महिलामा कोरोना, सतर्क रहन आग्रह

२०७८ साउन १५, ११:३५ खबर संवाददाता

धनगढी: बैतडीको पाटन नगरपालिका -८ खोडपेमा कोरोना भाइरसका बिरामी देखिएपछि सतर्क रहन आग्रह गरिएको छ।

बजारमा व्यावसाय गर्दै आएकी ५५ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुस्टि भएपछि सतर्क रहन आग्रह गरिएको हो।

सो बजार तीन पहाडी जिल्लाको जक्सन भएकाले सवारी साधन बढी सञ्चालन हुने र भिडभाड पनि हुने गरेकाले स्वास्थ्य सावधानी अपनाउन सिद्धेस्वार स्वास्थ्य चौकीले आग्रह गरेको हो।

कमेन्ट लोड गर्नुस